Various Artist - Timro Pachi Pachi paroles de chanson

paroles de chanson Timro Pachi Pachi - Various Artist




तिम्रो पछिपछि छाया बनेर हिँड्ने नै हुँ नि
ओ-हो, तिम्रो पछिपछि छाया बनेर हिँड्ने नै हुँ नि
यो मुटुमा जति ठाउँ छ, त्यहाँ तिम्रै नाउँ नि
नदेखेजस्तो नगर तिमी, नभेटेजस्तो नगर
नदेखेजस्तो नगर तिमी, नभेटेजस्तो नगर
पूरा गरिदेऊ, पूरा गरिदेऊ मेरो मनको यो रहर
तिम्रो मनमा खोज मलाई, हुन्छु त्यहाँ
धड्कनले बोल तिमी, सुन्छु त्यहाँ
ओ-हो, तिम्रो मनमा खोज मलाई, हुन्छु त्यहाँ
धड्कनले बोल तिमी, सुन्छु त्यहाँ
नजानेजस्तो नगर तिमी, नमानेजस्तो नगर
नजानेजस्तो नगर तिमी, नमानेजस्तो नगर
पूरा गरिदेऊ, पूरा गरिदेऊ मेरो मनको यो रहर
बतासले छुँदा तिम्लाई डाहा हुन्छ मनमा
केही हो भने प्यारो मलाई, तिमी हौ जीवनमा
ओ-हो, बतासले छुँदा तिम्लाई डाहा हुन्छ मनमा
केही हो भने प्यारो मलाई, तिमी हौ जीवनमा
नबुझेजस्तो नगर तिमी, नचिनेजस्तो नगर
नबुझेजस्तो नगर तिमी, नचिनेजस्तो नगर
पूरा गरिदेऊ, पूरा गरिदेऊ मेरो मनको यो रहर



Writer(s): Arjun Pokharel, Dayaram Pandey



Attention! N'hésitez pas à laisser des commentaires.
//}