Meera Rana - Mero Phoollai Lyrics

Lyrics Mero Phoollai - Meera Rana



मेरो फूललाई वसन्त भयो
मेरो आँगनलाई साउन भयो
मेरो फूललाई वसन्त भयो, मेरो आँगनलाई साउन भयो
जीवनलाई गीत, जोबनलाई प्रीत, यो मनलाई मित भयो, तिम्रो आगमन
तिमी आयौ, धेरैधेरै अबेर गरी आयौ
जब आयौ, यो मन, यो तन,आँखा, भाका भरी आयौ
मनभरि तिमीलाई पाएर, मनभरि तिमीलाई पाएर
पहिलो किरणको धर्तीसरि भएँ
मेरो फूललाई वसन्त भयो, मेरो आँगनलाई साउन भयो
जीवनलाई गीत, जोबनलाई प्रीत, यो मनलाई मित भयो, तिम्रो आगमन
धेरैधेरै भनूँ अनि सुनाऊँ पनि भन्थेँ, अब के भनूँ?
मैले आफू सारालाई पनि बिर्सेँ
भरि हृदय छ, चुप ओठ, भरि हृदय छ, चुप ओठ
सायद यही हो मेरो जीवनको सुरु
मेरो फूललाई वसन्त भयो, मेरो आँगनलाई साउन भयो
जीवनलाई गीत, जोबनलाई प्रीत, यो मनलाई मित भयो, तिम्रो आगमन



Writer(s): Gopal Yonjan


Meera Rana - Nashalu Maan
Album Nashalu Maan
date of release
01-01-2004




Attention! Feel free to leave feedback.