Om Bikram Bista - Biteko Jeevan Lyrics

Lyrics Biteko Jeevan - Om Bikram Bista



बितेको जीवन मेरो शिशिरको रुख जस्तो
रसिलो छाती पनि मेरो भयो मरुभूमि जस्तो
बितेको जीवन मेरो शिशिरको रुख जस्तो
रसिलो छाती पनि मेरो भयो मरुभूमि जस्तो
वसन्ती जीवन किन बिधुवाको सिउँदो जस्तो?
यौवन पनि आज पतझरको मौसम जस्तो
किन मेरो आँखाहरू सागरको पानी जस्तो?
Hmm-mmm, hmm-mmm
बितेको जीवन मेरो शिशिरको रुख जस्तो
रसिलो छाती पनि मेरो भयो मरुभूमि जस्तो
यति सुखी बिपना मेरो कति मीठो सपना भयो
ओइलिएको फूल पनि पोखिएको पानी भयो
कति सस्तो रहेछ व्यथा, धूलोमा मिली गयो
Hmm-mmm, hmm-mmm
बितेको जीवन मेरो शिशिरको रुख जस्तो
रसिलो छाती पनि मेरो भयो मरुभूमि जस्तो



Writer(s): Om Bikram Bista


Om Bikram Bista - 1979
Album 1979
date of release
14-02-1982



Attention! Feel free to leave feedback.