Anju Panta - Phool Shamji paroles de chanson

paroles de chanson Phool Shamji - Anju Panta



फूल सम्झी हृदयमा माला उनी सजाएँ
काँडा रहिछ, मनै कोरियो
जतन गरी बचाएको, दिल टिपी चढाएँ
बदलामा मुटु रेटियो
हो, बदलामा मुटु रेटियो
आफै रोईरोई यहाँ बैगुनीलाई हँसाएँ
आफै रोईरोई यहाँ बैगुनीलाई हँसाएँ
विष रहिछ जाली माया, अमृत ठानी मिसाएँ
विष रहिछ जाली माया, अमृत ठानी मिसाएँ
व्यर्थै जोवन मैलियो, रहर त्यसै ओइलियो
काँडा रहिछ, मनै कोरियो
हो, काँडा रहिछ, मनै कोरियो
लुकीलुकी, ढुकीढुकी छल गरेर फसायो
लुकीलुकी, ढुकीढुकी छल गरेर फसायो
स्वार्थ पूरा भयो, अनि घर घाटको बनायो
स्वार्थ पूरा भयो, अनि घर घाटको बनायो
वचन सबै तोडियो, मूल बाटोमै छोडियो
काँडा रहिछ, मनै कोरियो
हो, काँडा रहिछ, मनै कोरियो
हो, काँडा...
हो, hmm
पूर्णिमाकी जून तिमी, खोट केही थिएन
पूर्णिमाकी जून तिमी, खोट केही थिएन
समयले वज्र हान्यो, सोच्न सम्म नि दिएन
समयले वज्र हान्यो, सोच्न सम्म नि दिएन
नरमाइलो नमान, मलाई दोषी नठान
दैवै सामु कसको के लाग्छ?
हो, दैवै सामु कसको के लाग्छ?
हो, यस्तै पर्यो भन के गरूँ?
हो, दैवै सामु कसको के लाग्छ?




Anju Panta - Collection Song
Album Collection Song
date de sortie
08-07-2017




Attention! N'hésitez pas à laisser des commentaires.