Om Bikram Bista - Chot Bokera paroles de chanson

paroles de chanson Chot Bokera - Om Bikram Bista



चोट बोकेर यो छातीमा जाँदै छु तिमीबाट टाढा
पर्खी मलाई तिमी नबस्नू
पर्खी मलाई तिमी नबस्नू
लिएर आँसु दुई आँखामा जाँदै छु ज्यादै टाढा
सम्झी मलाई तिमी नरुनू
सम्झी मलाई तिमी नरुनू
गल्ती मैले आफ्नो नस्विकारेको होइन
तर तिमीलाई आफ्नो भूलको आभास पनि छैन
तिमीले गर्यौ प्रयास बुझ्न मेरा चाहनालाई
मैले बदलिनै खोजेँ आफूलाई
तिमीले गर्यौ प्रयास बुझ्न मेरा चाहनालाई
मैले बदलिनै खोजेँ आफूलाई
स्विकारेर आफ्नो गल्ती हुँदै छु तिमीबाट टाढा
पर्खी मलाई तिमी नबस्नू
सम्झी मलाई तिमी नरुनू
तिम्रो हाँसो खोसेर अरूलाई दिया छैन
तिमीले झैँ मझधारमा छोड्न खोज्या होइन
छुट्दैमा तिम्रो साथ मरिजाने होइन
तर तिम्रो अभावमा बाँच्ने इच्छा छैन
छुट्दैमा तिम्रो साथ मरिजाने होइन
तर तिम्रो अभावमा बाँच्ने इच्छा छैन
बुझेर तिम्रो चाहना हुँदै छु तिमीबाट टाढा
पर्खी मलाई तिमी नबस्नू
सम्झी मलाई तिमी नरुनू
चोट बोकेर यो छातीमा जाँदै छु तिमीबाट टाढा
पर्खी मलाई तिमी नबस्नू
सम्झी मलाई तिमी नरुनू
पर्खी मलाई तिमी नबस्नू
सम्झी मलाई तिमी नरुनू



Writer(s): Om Bikram Bista


Om Bikram Bista - Telkasa
Album Telkasa
date de sortie
29-10-1997



Attention! N'hésitez pas à laisser des commentaires.