Anju Panta - Amrit Bhani Songtexte

Songtexte Amrit Bhani - Anju Panta




अमृत भनी विष दियौ, विषै पनि पिएँ
अमृत भनी विष दियौ, विषै पनि पिएँ
तिमी मेरै बन्छौ भन्ने पर्खाइमा थिएँ
तिमी मेरै बन्छौ भन्ने पर्खाइमा थिएँ
अमृत भनी विष दियौ, विषै पनि पिएँ
पिरतीको जाल फिँज्यौ, बल्झिएर परेँ
विश्वासको डाली टुट्यो गल्छीभित्र झरेँ
मेरो सुन्दर संसारमा डढेलो लगायौ
वर्षौँपछि खरानीको मूल्य सोध्न आयौ
हलीदाइको फालीसरि दिनदिनै खिइएँ
हलीदाइको फालीसरि दिनदिनै खिइएँ
तिमी मेरै बन्छौ भन्ने पर्खाइमा थिएँ
तिमी मेरै बन्छौ भन्ने पर्खाइमा थिएँ
अमृत भनी विष दियौ, विषै पनि पिएँ
"हार्नैपरे हार्ने छु, तिमीले जित्नुपर्छ"
भन्थ्यौ सधैँ, सम्झिँदा बर्बर आँसु झर्छ
नौनीजस्तो मेरो मन सधैँ पग्लिरह्यो
ढुङ्गेमुटु रैछ तिम्रो, कठोर हुँदै गयो
आफ्नो मनको टुक्रा गाँसी तिम्रो मन सिएँ
आफ्नो मनको टुक्रा गाँसी तिम्रो मन सिएँ
तिमी मेरै बन्छौ भन्ने पर्खाइमा थिएँ
तिमी मेरै बन्छौ भन्ने पर्खाइमा थिएँ
अमृत भनी विष दियौ, विषै पनि पिएँ



Autor(en): Kabita Upadhaya



Attention! Feel free to leave feedback.