Aruna Lama - Yo Man Mero Songtexte

Songtexte Yo Man Mero - Aruna Lama




आ...
यो मन मेरो केके केके भन्छ
चरि झैँ उडुँ भन्छ, फूलझैँ झुमु भन्छ
बनपाखा पखेरीमा
बनपाखा पखेरीमा छमछमाइ मित मनको खोजुँ भन्छ
भाग्यमा भने हतार केलाई, कान्छी
भाग्यमा भने हतार केलाई, कान्छी
मुटु भित्र कता कता आज केको मात लाग्यो
आफ्नै रुप रंग देखि आफैँलाई लाज लाग्यो
मुटु भित्र कता कता आज केको मात लाग्यो
आफ्नै रुप रंग देखि आफैँलाई लाज लाग्यो
यौवनको खहरेमा भित्रभित्रै डुबुँ भन्छ
सधैँभरि अजम्बरी
सधैँभरि अजम्बरी फूल जस्तै फूलुँ भन्छ
संहाल जोवन, उडिजाला है
संहाल जोवन, उडिजाला है
आधारमा ईन्द्रेणीको सातै रंग परे जस्तो
बाह्रै महिना वसन्तले हरियाली छरे जस्तो
आधारमा ईन्द्रेणीको सातै रंग परे जस्तो
बाह्रै महिना वसन्तले हरियाली छरे जस्तो
मन मेरो तेसै तेसै खहरेझैँ बगुँ भन्छ
यौवनको बतासले
यौवनको बतासले जतासुकै लगुँ भन्छ
होसगरि भमरा, निष्ठुरी है
होसगरि भमरा, निष्ठुरी है
यो मन मेरो केके केके भन्छ
चरी झैँ उडुँ भन्छ, फूलझैँ झुमु भन्छ
बनपाखा पखेरीमा छमछमाई मित मनको खोजुँ भन्छ
मित मनको खोजुँ भन्छ
मित मनको खोजुँ भन्छ
मित मनको खोजुँ भन्छ
मित मनको खोजुँ भन्छ



Autor(en): Kiran Pradhan, Rabi Pranjal



Attention! Feel free to leave feedback.