Danny Denzongpa - Manko Kuralai Songtexte

Songtexte Manko Kuralai - Danny Denzongpa




मनको कुरालाई बाँधी नराख
मनको कुरालाई बाँधी नराख
गाँठो परिजाला, चट्ट सुनाइदेऊ
मनको कुरालाई बाँधी नराख
गाँठो परिजाला, चट्ट सुनाइदेऊ
चट्ट सुनाइदेऊ
रिमीझिमी साँझ यो सम्झ मनैमा
घामछाया वरिपरि रहला मनैमा
हो, रिमीझिमी साँझ यो सम्झ मनैमा
घामछाया वरिपरि रहला मनैमा
आँखा तिम्रो माया बोकी अल्झेला
सुकिजाला आँसु, चट्ट सुनाइदेऊ
मनको कुरालाई बाँधी नराख
गाँठो परिजाला, चट्ट सुनाइदेऊ
चट्ट सुनाइदेऊ
जिन्दगानी हाम्रो यो दुइदिनेलाई
पिरतीको कथा हाम्रो रहन्छ सदालाई
हो, जिन्दगानी हाम्रो यो दुइदिनेलाई
पिरतीको कथा हाम्रो रहन्छ सदालाई
एक्लै सम्झी रुनुपर्ला शून्य रातमा
ढलिजाला जोबन, चट्ट सुनाइदेऊ
मनको कुरालाई बाँधी नराख
गाँठो परिजाला, चट्ट सुनाइदेऊ
चट्ट सुनाइदेऊ
चट्ट सुनाइदेऊ



Autor(en): Danny Denzongpa


Danny Denzongpa - Danny Denzongpa
Album Danny Denzongpa
Veröffentlichungsdatum
31-12-1976




Attention! Feel free to leave feedback.