Narayan Gopal feat. Aasha Bhosle - Maya ta Maya Songtexte

Songtexte Maya ta Maya - Narayan Gopal , Aasha Bhosle




तिम्रो मनमा लुकेको कुरा नभनेपनि
भुलिदिनेलाई, सम्झिदिनेलाई
माया माया हो
माया माया हो
तिम्रो मनमा लुकेको कुरा नभनेपनि
भुलिदिनेलाई, सम्झिदिनेलाई
माया माया हो
माया माया हो
सम्झना चिख्छ एकान्तमा निन्द्रामा सपना भई
बतास गाउँछ मोहनी गीत मायाको कथा भई
बिर्सन खोज्छु बाडुली लाग्छ मन यो चञ्चल भई
हो, भुलिदिनेलाई, सम्झिदिनेलाई
माया माया हो
माया माया हो
वारि पारि दुई किनार माझ यो खोला बग्दछ
तिम्रो मेरो दुई मुटु माझ यो माया अल्झेछ
खोला भएर जहाँ बगेपनि किनारझैँ साथ रहनेछु
हो, भुलिदिनेलाई, सम्झिदिनेलाई
माया माया हो
माया माया हो
जन्म, हे, जन्म, पुनर्जन्म, फेरी जन्मूँला
जन्म, हे, जन्म, पुनर्जन्म, पनि जन्मूँला
तिम्रो लागि, तिम्रो लागि फेरि जनम लिउँला
भुलिदिनेलाई, सम्झिदिनेलाई
माया माया हो
माया माया हो
तिम्रो मनमा लुकेको कुरा नभनेपनि
भुलिदिनेलाई, सम्झिदिनेलाई
माया माया हो
माया माया हो



Autor(en): Kusum Gajmer, Ranjit Gajmer


Narayan Gopal feat. Aasha Bhosle - Chino (Original Motion Picture Soundtrack)
Album Chino (Original Motion Picture Soundtrack)
Veröffentlichungsdatum
21-08-2009



Attention! Feel free to leave feedback.