Neetesh Jung Kunwar - Samhalirakha Songtexte

Songtexte Samhalirakha - Neetesh Jung Kunwar




हिँडेको छु बसोबासै छाडी
समाज घर दुवैलाई बिदा मागी
गन्तव्य कुनि कहाँ थाहा भएन
सारै नै एक्लो कमजोर चै हैन
टुटेका सपना मेरो खल्ती भित्र
जिन्दगी भयो नबिकेको चलचित्र
साथी भाई छन् यहाँ मदत गर्न
निर्णय आफ्नो कसैलाई दुःख दिन्न
सुन
गुनासो केइ छैन भाग्य सँग
पछि नहेरी कोर्ने छु यो आफ्नो कर्म रेखा
जलनले भरिएको मन तिम्रो सम्हाली राख
संसारै व्यस्त कामियाबीको दौडमा
धनले आत्मा चिन्नै सकेन
प्यारीले भन्छिन् चल्यो बिहेको कुरो
फर्कने मेरो टुंगो नै छैन
जे जस्तो भयो हेर हिजोको दिनमा
यादहरु मुटु भित्र सँगाल्नुछ
भोलि के हुन्छ यहाँ जानकारी कसलाई
आखिरमा शत्रुलाई नी अंगाल्नु
अब सुन
गुनासो केइ छैन भाग्य सँग
पछि नहेरी कोर्ने छु यो आफ्नो कर्म रेखा
जलनले भरिएको मन तिम्रो सम्हाली राख
आखिरमा जनुनैछ मौनताको साथमा
पर्खेर मात्र अब बस्दिन
एक अर्का जस्तो हुन सकिन्न कहिले
साथी हुँदैमा हाम्रो केइ जाँदैन
त्यैनी सुन
गुनासो केइ छैन भाग्य सँग
पछि नहेरी कोर्ने छु यो आफ्नो कर्म रेखा
जलनले भरिएको मन तिम्रो सम्हाली राख
सम्हाली राख
सम्हाली राख





Attention! Feel free to leave feedback.