Songtexte




आउ छेउ एता बात गरौं
मिठो कुरा गरी याद बनाउ
जाडो भए अंगाली रखौंला
हाँसी खुशी आफ्नो दुःख बाटौंला
त्यो चिसो हात मेरो हातमा
थमाइदेउ समय मेरो साथमा
हिँडौं हामी मायाको बाटोमा
सानु, नछोड मलाई
देखाउ सबैलाई
खुशी हाँसो
यो मायाको बाटोमा, बाटोमा
हसिलो मुहारको कारण जहिले बनु
तिम्रो त्यो चिसो मुटुलाई न्यानो बनाउँ
हामी दुइ को कथा सधै लेख्न पाउँ
मिठो धुन बुनेर सधै तिमीलाई सुनाउ
हजारौ को भीड मा तिमी नै देखे
तिम्रो हाँसो हेरी आफै रमाए
प्रतिक्षा मा धेरै नराख प्रिय
आउन माया, मेरी माया
सानु, नछोड मलाई
देखाउ सबैलाई
खुशी हाँसो
यो मायाको बाटोमा, बाटोमा





Attention! Feel free to leave feedback.
Wird geladen
Wird geladen