Tara Devi - Aau Na Aau Songtexte

Songtexte Aau Na Aau - Tara Devi




आऊ आऊ तिम्रो खुशी
सधैं पर्खि रहुँला
हो, सधैं पर्खि रहुँला
आए पनि हेरी रहुँला
गए पनि हेरी रहुँला
हो, गए पनि हेरी रहुँला
कहिलेकाहिं दृष्टि पनि
मुवाई भन्दा मिठो हुन्छ
कहिलेकाहिं छायाँ पनि
माया भन्दा न्यानो हुन्छ
हो, कहिलेकाहिं दृष्टि पनि
मुवाई भन्दा मिठो हुन्छ
कहिलेकाहिं छायाँ पनि
माया भन्दा न्यानो हुन्छ
तिम्रो बाटो छेक्दिन
देख्नै मात्र पाए पुग्छ
आए पनि हेरी रहुँला
गए पनि हेरी रहुँला
आऊ आऊ तिम्रो खुशी
सधैं पर्खि रहुँला
हो, सधैं पर्खि रहुँला
बसन्तमा सबै फूल
फुल्नै पर्छ भन्ने छैन
जिन्दगीमा सबले बाजी
जित्नै पर्छ भन्ने छैन
हो, बसन्तमा सबै फूल
फुल्नै पर्छ भन्ने छैन
जिन्दगीमा सबले बाजी
जित्नै पर्छ भन्ने छैन
तिम्रो चित्त खोस्दिन
हातै मात्र पाए पुग्छ
आए पनि हेरी रहुँला
हो, गए पनि हेरी रहुँला
आऊ आऊ तिम्रो खुशी
सधैं पर्खि रहुँला
हो, सधैं पर्खि रहुँला
हो, सधैं पर्खि रहुँला




Tara Devi - Timro Khushi
Album Timro Khushi
Veröffentlichungsdatum
22-06-2010



Attention! Feel free to leave feedback.