Neetesh Jung Kunwar - Saajha Ma Aunu (Maya ko Chino) Lyrics

Lyrics Saajha Ma Aunu (Maya ko Chino) - Neetesh Jung Kunwar



साँझमा आउनू है भेट्न, माया
पर्खेर बस्नेछु तिमीलाई
टार्नु नै जिन्दगीको सफर
हिँडौँला हातमा हात मिलाई
साँझमा आउनू...
लेखेको जे त्यो भएर नै छाड्छ
के गर्नु हामीले व्यर्थै सोचेर?
हो, लेखेको जे त्यो भएर नै छाड्छ
के गर्नु हामीले व्यर्थै सोचेर?
सबलाई अधिकार खुशी प्राप्तिको
गइजाने व्यक्तिलाई हुन्न रोकेर
ख्यालठट्टामै बिती जाला जीवन
हँसाइरहनेछु तिमीलाई
टार्नु नै जिन्दगीको सफर
हिँडौँला हातमा हात मिलाई
साँझमा आउनू...
सबैको उज्ज्वल हुन्न भविष्य
मिल्दैन साथ यहाँ वियोगको पलमा
हो, सबैको उज्ज्वल हुन्न भविष्य
मिल्दैन साथ यहाँ वियोगको पलमा
दुःख गरी जसले खुशी अपनाउँछ
मात्तिन्न कहिल्यै धनको भरमा
हृदयको माझमा विश्वास तिम्रो
रुवाउने छैन है तिमीलाई
टार्नु नै जिन्दगीको सफर
हिँडौँला हातमा हात मिलाई
साँझमा आउनू है भेट्न, माया
पर्खेर बस्नेछु तिमीलाई
टार्नु नै जिन्दगीको सफर
हिँडौँला हातमा हात मिलाई
साँझमा आउनू...



Writer(s): Neetesh Jung Kunwar


Neetesh Jung Kunwar - Saajha Ma Aunu (Maya ko Chino) - Single
Album Saajha Ma Aunu (Maya ko Chino) - Single
date of release
29-02-2020




Attention! Feel free to leave feedback.