Prasnasunya - Ranga Bina Ko Indreni Lyrics

Lyrics Ranga Bina Ko Indreni - Prasnasunya




बुन्दैछु म यहाँ
रङ्ग बिनाको इन्द्रेणी
अनि खोज्दैछु थाहै नपाई
चियाउन त्यो बादल पारी
समयको रेलमा
भाग्यको खेलमा
फंसेछु म भुमरीमा
भिजेछु आँशुको झरीमा
म संसार बनाउन
मेरो संसारनै छोडेर आएछु
म उत्तरहरुमा प्रश्नलाई खोज्दै
क्षितिजमै हराएछु
कहिले फर्किने होला?
कसले पर्खिने होला?
कहिले फर्किने होला?
कसले पर्खिने होला?
निसासिन्छु फेरी
म सम्झि भविस्य
अधुरो अनि
अदृश्य



Writer(s): Asish Chamling


Prasnasunya - Kritrim
Album Kritrim
date of release
08-07-2022





Attention! Feel free to leave feedback.