Rabin Sharma - Kun Mandirma Lyrics

Lyrics Kun Mandirma - Rabin Sharma




कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो?
कुन सामग्री पुजा गर्ने, साथ कसोरी लाने हो?
कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो?
कुन सामग्री पुजा गर्ने, साथ कसोरी लाने हो?
कुन मन्दिरमा जान्छौ यात्री?
हाडहरूको सुन्दर खम्बा, मांशपिण्डको दिवार
मष्तिस्कको सुनको छाना, इन्द्रियहरूको द्वार
नशा नदीका तर-तरंग, मन्दिर आफू अपार
कुन मन्दिरमा जान्छौ यात्री?
साथी-यात्री बीच सडकमा, ईश्वर हिड्दछ साथ
चुम्दछ ईश्वर काम सुनौला, गरिरहेको हात
छुन्छ तिलष्मी करले उसले, सेवकहरूको माथ
कुन मन्दिरमा जान्छौ यात्री?
फर्क-फर्क, हे, जाऊ समाऊ, मानिस हरुको पाऊ
मलम लगाऊ आर्थहरूको, चहराई रहेको घाऊ
मानिसहरू भै ईश्वरको त्यो दिव्य मुहार हसाऊ
कुन मन्दिरमा जान्छौ यात्री?
सडक किनारा गाउँछ ईश्वर चराहरूको तानामा
बोल्दछ ईश्वर मानिसहरुको पिडा दुःखको गानामा
दर्शन किन्तु कहीं दिदैन चर्मचक्षुले कानामा
कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो?
कुन सामग्री पुजा गर्ने, साथ कसोरी लाने हो?
कुन मन्दिरमा जान्छौ यात्री?




Rabin Sharma - Basudev (Original Motion Picture Soundtrack)
Album Basudev (Original Motion Picture Soundtrack)
date of release
26-11-2009




Attention! Feel free to leave feedback.