Narayan Gopal feat. Aasha Bhosle - Maya ta Maya paroles de chanson

paroles de chanson Maya ta Maya - Narayan Gopal , Aasha Bhosle




तिम्रो मनमा लुकेको कुरा नभनेपनि
भुलिदिनेलाई, सम्झिदिनेलाई
माया त माया हो
माया त माया हो
तिम्रो मनमा लुकेको कुरा नभनेपनि
भुलिदिनेलाई, सम्झिदिनेलाई
माया त माया हो
माया त माया हो
सम्झना चिख्छ एकान्तमा निन्द्रामा सपना भई
बतास गाउँछ मोहनी गीत मायाको कथा भई
बिर्सन खोज्छु बाडुली लाग्छ मन यो चञ्चल भई
हो, भुलिदिनेलाई, सम्झिदिनेलाई
माया त माया हो
माया त माया हो
वारि र पारि दुई किनार माझ यो खोला बग्दछ
तिम्रो र मेरो दुई मुटु माझ यो माया अल्झेछ
खोला भएर जहाँ बगेपनि किनारझैँ साथ रहनेछु
हो, भुलिदिनेलाई, सम्झिदिनेलाई
माया त माया हो
माया त माया हो
जन्म, हे, जन्म, पुनर्जन्म, म फेरी जन्मूँला
जन्म, हे, जन्म, पुनर्जन्म, म पनि जन्मूँला
म तिम्रो लागि, म तिम्रो लागि फेरि जनम लिउँला
भुलिदिनेलाई, सम्झिदिनेलाई
माया त माया हो
माया त माया हो
तिम्रो मनमा लुकेको कुरा नभनेपनि
भुलिदिनेलाई, सम्झिदिनेलाई
माया त माया हो
माया त माया हो



Writer(s): Kusum Gajmer, Ranjit Gajmer


Narayan Gopal feat. Aasha Bhosle - Chino (Original Motion Picture Soundtrack)
Album Chino (Original Motion Picture Soundtrack)
date de sortie
21-08-2009




Attention! N'hésitez pas à laisser des commentaires.