Anju Panta - Aashu Dine Nisthurilai текст песни

Текст песни Aashu Dine Nisthurilai - Anju Panta




आँसु दिने निष्ठुरीलाई के थाहा? (निष्ठुरीलाई के थाहा?)
आँसु दिने निष्ठुरीलाई के थाहा
बिछोडको वियोगमा कस्तो हुन्छ व्यथा?
हो, बिछोडको वियोगमा कस्तो हुन्छ व्यथा
आँसु दिने निष्ठुरीलाई के थाहा? (निष्ठुरीलाई के थाहा?)
कसम खाँदा जुनी-जुनी सँगै जिउँछु भन्थ्यौ (सँगै जिउँछु भन्थ्यौ)
कसम खाँदा जुनी-जुनी सँगै जिउँछु भन्थ्यौ
"साथ तिम्रो नपाएमा विष पिउँछु", भन्दै रुन्थ्यौ (रुन्थ्यौ)
"खुशी पार्छु", भन्थ्यौ, "सधैँ तिम्रो दिलमा फुली"
"खुशी पार्छु", भन्थ्यौ, "सधैँ तिम्रो दिलमा फुली"
झूटो रैछ तिम्रो माया, गयौ आज भुली
चोट दिने निर्मोहीलाई के थाहा? (के थाहा?)
बैगुनीको माया कस्तो? मुटुभित्रै गड्यो (मुटुभित्रै गड्यो)
ओ, बैगुनीको माया कस्तो? मुटुभित्रै गड्यो
बिर्सूँ भन्दा सम्झनाको भेल झनै उर्लिरह्यो (उर्लिरह्यो)
मुटु जोड्दा रैछन् झूटा कसम खानेहरू
मुटु जोड्दा रैछन् झूटा कसम खानेहरू
सपना देखाउँदा रैछन् छोडी जानेहरू
आँसु दिने निष्ठुरीलाई के थाहा? (निष्ठुरीलाई के थाहा?)
आँसु दिने निष्ठुरीलाई के थाहा
बिछोडको वियोगमा कस्तो हुन्छ व्यथा?
हो, बिछोडको वियोगमा कस्तो हुन्छ व्यथा
आँसु दिने निष्ठुरीलाई के थाहा? (निष्ठुरीलाई के थाहा?)





Внимание! Не стесняйтесь оставлять отзывы.
//}