Ashish Abiral feat. Anju Panta - Chhatima Haat Rakhera текст песни

Текст песни Chhatima Haat Rakhera - Anju Panta




मान्छे-मान्छेमा के नै फरक र?
तिमी हाँस्छौ हाँस्छु, तिमी रुँन्छौ रुन्छु
आखिर मान्छे मान्छेमा के नै फरक र?
छातीमा हात राखेर, आत्मालाई साक्छि राखेर
छातीमा हात राखेर, आत्मालाई साक्छि राखेर
सोच्यौ भने
मान्छे-मान्छे एउटै भन्ने थाह हुने थियो
मान्छे-मान्छे एउटै भन्ने थाहा हुने थियो
तिमीले लिने हावा मैले लिने हावा
तिमीले पिउने पानी मैले पिउने पानी
फरक हैन होला
आखिर मान्छे मान्छेमा के नै फरक र?
धारमा तिम्लाई छेकेँ, मन्दिरमा तिम्लाई रोकेँ
कति दुख्थौ मन् थाहा हुने थियो
हो, कति पोल्थौ मन थाहा हुने थियो
छातीमा हात राखेर, आत्मालाई साक्छि राखेर
सोच्यौ भने
मान्छे-मान्छे एउटै भन्ने थाह हुने थियो
मान्छे-मान्छे एउटै भन्ने थाहा हुने थियो
मुटु उस्तै, धड्कन उस्तै
धर्ती उस्तै, आकाश उस्तै
चोट उस्तै, रगत उस्तै
आखिर मान्छे मान्छेमा के नै फरक र?
नछौ भन्दै तर्कि जाँदा, सुनपानीले छर्कि जाँदा
कति रुन्थ्यो मन, थाहा हुने थियो
हो, कति जल्थ्यो मन, थाहा हुने थियो
छातीमा हात राखेर, आत्मालाई साक्छि राखेर
सोच्यौ भने
मान्छे-मान्छे एउटै भन्ने थाहा हुने थियो
मान्छे-मान्छे एउटै भन्ने थाहा
थाहा हुने थियो



Авторы: Ashish Abiral


Внимание! Не стесняйтесь оставлять отзывы.