Текст песни




फूलको बयानमा
काँडाको पनि नाम आउँछ
यसो कतै चर्चा चले
तिम्रो त्यसै याद आउँछ
मिलनको मौसममा बिछोड भुलेछु
बहारको रमझममा पतझड भुलेछु
पतझड बिछोडको के कुरा
आजभोलि आफैंलाई भुलेछु
फूलको बयानमा
खसेको ताराझैं आकाश हेरेछु
आज घाउपछि मात्र काँडा देखेछु
यति लामो बाटो नाघिसकें
अब मुटु छाम्न पुगेछु
फूलको बयानमा



Авторы: Rajendra Thapa



Внимание! Не стесняйтесь оставлять отзывы.
Загрузка
Загрузка