Suresh Kumar - Dukha Sukha текст песни

Текст песни Dukha Sukha - Suresh Kumar




दुःख, सुख जिन्दगीमा सिक्काको दुई पाटो
आखिर मान्छे हिँड्नलाई एउटै हुन्छ बाटो
दुःख, सुख जिन्दगीमा सिक्काको दुई पाटो
आखिर मान्छे हिँड्नलाई एउटै हुन्छ बाटो
दुःख, सुख जिन्दगीमा, लै लै
जिन्दगीको बाटोमा हिँड्ने धेरै हुन्छन्
कोही कोही थाके पनि कोही अझै बढ्छन्
हो, जिन्दगीको बाटोमा हिँड्ने धेरै हुन्छन्
कोही कोही थाके पनि कोही अझै बढ्छन्
जिन्दगीको यात्रामा, जिन्दगीको यात्रामा कोही कोही हाँस्छन्
त्यही यात्रामा धुरुधुरु रुने पनि हुन्छन्
हाँस्नु, रुनु जिन्दगीमा सिक्काको दुई पाटो
आखिर मान्छे मरेपछि हुनैपर्छ माटो
दुःख, सुख जिन्दगीमा, लै लै
जिन्दगीको शिखरमा चढ्ने धेरै हुन्छन्
कोही कोही झरे पनि कोही उभै चढ्छन्
हो, जिन्दगीको शिखरमा चढ्ने धेरै हुन्छन्
कोही कोही झरे पनि कोही उभै चढ्छन्
जिन्दगीको खेलमा, जिन्दगीको खेलमा कोही कोही जित्छन्
त्यही खेलमा जिन्दगी नै हार्ने पनि हुन्छन्
हार, जित जिन्दगीमा सिक्काको दुई पाटो
संसारमा कसको छैन भित्री मनमा गाँठो
दुःख, सुख जिन्दगीमा



Авторы: Suresh Kumar


Внимание! Не стесняйтесь оставлять отзывы.