Om Bikram Bista - Kun Mandirma Lyrics

Lyrics Kun Mandirma - Om Bikram Bista



कुन मन्दिरमा सजिएछु?
कुन देउतामा पुजिएछु?
यात्रा विहीन एउटा मान्छे
यात्रा विहीन एउटा मान्छे
दोबाटोमा नै अल्झिएछु
चौबाटोमा नै भुलेछु
यात्रा विहीन एउटा मान्छे
यात्रा विहीन एउटा मान्छे
अनमोलमा नै बेचिने
गल्लीगल्लीमा लुटिने
कति सस्तो एउटा मान्छे?
जहाँसुकै छोडिने
अनमोलमा नै बेचिने
गल्लीगल्लीमा लुटिने
कति सस्तो एउटा मान्छे?
जहाँसुकै छोडिने
जहाँ पायो, त्यहीँमा भुलिने
कस्तो अनौठो एउटा मान्छे?
कुन मन्दिरमा सजिएछु?
कुन देउतामा पुजिएछु?
यात्रा विहीन एउटा मान्छे
यात्रा विहीन एउटा मान्छे
चन्द्रमालाई छुन खोज्थेँ
पृथिवीमा नै बिलाएछु
कस्तो हुँ एउटा मान्छे?
आफू आफैसँगै लुटिएर
चन्द्रमालाई छुन खोज्थेँ
पृथिवीमा नै बिलाएछु
कस्तो हुँ एउटा मान्छे?
आफू आफैसँगै लुटिएर
अरूलाई खुसी दिँदै
बाँच्न खोज्ने कस्तो मान्छे?
कुन मन्दिरमा सजिएछु?
कुन देउतामा पुजिएछु?
यात्रा विहीन एउटा मान्छे
यात्रा विहीन एउटा मान्छे
दोबाटोमा नै अल्झिएछु
चौबाटोमा नै भुलेछु
यात्रा विहीन एउटा मान्छे
यात्रा विहीन एउटा मान्छे



Writer(s): Kiran Ghauchan, Rahul Pradhan


Om Bikram Bista - Telkasa
Album Telkasa
date of release
29-10-1997



Attention! Feel free to leave feedback.