Om Bikram Bista - Jeewan Ghau Vayera Lyrics

Lyrics Jeewan Ghau Vayera - Om Bikram Bista



जीवन घाउ भएर दुख्दा तिमीलाई याद गर्छु
वसन्तमै पातहरू सुक्दा तिमीलाई याद गर्छु
तिमीलाई याद गर्छु
तिमीलाई याद गर्छु
निराशाका किरणहरू आँखाभरि छन्
वेदनाका ठेसहरू भाखाभरि छन्
निराशाका किरणहरू आँखाभरि छन्
वेदनाका ठेसहरू भाखाभरि छन्
एउटा मुटु अनायासै जब टुट्न थाल्छ
माया छँदै विरक्तिमा तिमीलाई याद गर्छु
तिमीलाई याद गर्छु
तिमीलाई याद गर्छु
अपूरा चाहनाहरू जहीँतहीँ छन्
सजिला बहानाहरू यहीँकहीँ छन्
अपूरा चाहनाहरू जहीँतहीँ छन्
सजिला बहानाहरू यहीँकहीँ छन्
एउटा रहर नफुल्दैमा जब झर्न थाल्छ
बेहोशीको हालतमा तिमीलाई याद गर्छु
तिमीलाई याद गर्छु
तिमीलाई याद गर्छु
जीवन घाउ भएर दुख्दा तिमीलाई याद गर्छु
वसन्तमै पातहरू सुक्दा तिमीलाई याद गर्छु
तिमीलाई याद गर्छु
तिमीलाई याद गर्छु
तिमीलाई याद गर्छु
तिमीलाई याद गर्छु



Writer(s): Om Bikram Bista


Om Bikram Bista - Telkasa
Album Telkasa
date of release
29-10-1997



Attention! Feel free to leave feedback.