Om Bikram Bista - Mero Jindagiko Lyrics

Lyrics Mero Jindagiko - Om Bikram Bista



मेरो जिन्दगीको दोबाटोमा तिमीलाई डोर्याउन खोजेछु
तिमी कसैको भइदियौ
सपनामा मेरो तोडिदियौ
मेरो जिन्दगीको दोबाटोमा...
कल्पनाहरूको महलमा तिमीलाई सजाउन पुगेछु
कल्पनाहरूको महलमा तिमीलाई सजाउन पुगेछु
हृदयको व्यथालाई, हृदयको व्यथालाई आगो लगाउन पुगेछु
तिमी कसैको भइदियौ
सपनामा मेरो तोडिदियौ
मेरो जिन्दगीको दोबाटोमा...
वेदनाहरू छन् छातीमा, कसलाई सुनाउन पुगेछु?
वेदनाहरू छन् छातीमा, कसलाई सुनाउन पुगेछु?
मुटुभित्र ढुकढुकीमा, मुटुभित्र ढुकढुकीमा व्यथा बढाउन पुगेछु
तिमी कसैको भइदियौ
सपनामा मेरो तोडिदियौ
मेरो जिन्दगीको दोबाटोमा तिमीलाई डोर्याउन खोजेछु
तिमी कसैको भइदियौ
सपनामा मेरो तोडिदियौ
मेरो जिन्दगीको दोबाटोमा...



Writer(s): Arun Thapa


Om Bikram Bista - The Best of Om Bikram Bista
Album The Best of Om Bikram Bista
date of release
29-10-1989



Attention! Feel free to leave feedback.