Om Bikram Bista - Birahako Huri Songtexte

Songtexte Birahako Huri - Om Bikram Bista




विरहको हुरी चलेको बेला
छातीमा चोट परेको बेला
आशाको दीप कसरी जलाऊँ?
प्रेमको फूल कसरी फुलाऊँ?
जब मायाले मायाको अर्थलाई नबुझेपछि
कसरी बुझाऊँ?
कसरी बुझ्छौ यो मन? कसरी बुझाऊँ?
विरहको हुरी चलेको बेला...
उजाड मौसमको पतझरमा वसन्तको बहार कसरी ल्याऊँ?
उजाड मौसमको पतझरमा वसन्तको बहार कसरी ल्याऊँ?
मायाले नै जिन्दगी लुटेपछि, मायाले नै जिन्दगी लुटेपछि
खुसीको गीत कसरी गाऊँ?
जब मायाले मायाको अर्थलाई नबुझेपछि
कसरी बुझाऊँ?
कसरी बुझाऊँ यो मन? कसरी बुझाऊँ?
विरहको हुरी चलेको बेला...
दुःख, व्यथाको मरुभूमिमा प्रेमको तृष्णा कसरी मेटाऊँ?
दुःख, व्यथाको मरुभूमिमा प्रेमको तृष्णा कसरी मेटाऊँ?
आफ्नोले नै जिन्दगी लुटेपछि, आफ्नोले नै जिन्दगी लुटेपछि
आँसुको भेल कसरी रोकूँ?
जब मायाले मायाको अर्थलाई नबुझेपछि
कसरी बुझाऊँ?
कसरी बुझ्छौ यो मन? कसरी बुझाऊँ?
विरहको हुरी चलेको बेला
छातीमा चोट परेको बेला
आशाको दीप कसरी जलाऊँ?
प्रेमको फूल कसरी फुलाऊँ?
जब मायाले मायाको अर्थलाई नबुझेपछि
कसरी बुझाऊँ?
कसरी बुझ्छौ यो मन? कसरी बुझाऊँ?
विरहको हुरी चलेको बेला...



Autor(en): Om Bikram Bista



Attention! Feel free to leave feedback.