Om Bikram Bista - Telkasa Songtexte

Songtexte Telkasa - Om Bikram Bista




तेलकासा खेलेको भुल्दिन, मायालु
तिमीले भुल्यौ, तिमीले भुल्यौ
"म राजा, तिमी रानी" खेलेको, मायालु
तिमीले भुल्यौ, तिमीले भुल्यौ
आज यौवनमा केही छेउ भेट हुँदा चिनिनौ
आज अतीतलाई भुलिछ्यौ, भेट हुँदा बोलिनौ, मायालु, मायालु
बालकदेखिको साथीलाई, मायालु
के गरी भुल्यौ? के गरी भुल्यौ?
बर्सातको दिन थियो, कागजी त्यो डुङ्गा बगाएको
खेलेको भुलिदियौ, खेलेको भुलिदियौ
बिजुली चम्किँदा मेरो छातीमा त्यो शिर लुकाएको
डराएको भुलिदियौ, डराएको भुलिदियौ, डराएको भुलिदियौ
भूतको कथा सुन्दा डराको, मायालु
तिमीले भुल्यौ, तिमीले भुल्यौ
तिहारको रात थियो, देउसीभैली रातभरि खेलेको
जानीजानी भुलिदियौ, जानीजानी भुलिदियौ
होलीको दिन थियो, अबीरले त्यो शिरमा पोतेको
कसरी भुलिदियौ? कसरी भुलिदियौ? कसरी भुलिदियौ?
सेलरोटी बाँडीचुँडी खाएको, मायालु
अब सम्झियौ, भुल्यौ कि सम्झियौ?
"म राजा, तिमी रानी" खेलेको, मायालु
तिमीले भुल्यौ, तिमीले भुल्यौ
आज यौवनमा केही छेउ भेट हुँदा चिनिनौ
आज अतीतलाई भुलिछ्यौ, भेट हुँदा बोलिनौ, मायालु, मायालु
तेलकासा खेलेको भुल्दिन, मायालु,
तिमीले भुल्यौ, तिमीले भुल्यौ, तिमीले भुल्यौ



Autor(en): Kailash Bikram Bista


Om Bikram Bista - Telkasa
Album Telkasa
Veröffentlichungsdatum
29-10-1997



Attention! Feel free to leave feedback.
//}