Om Bikram Bista - Soaltini Songtexte

Songtexte Soaltini - Om Bikram Bista




सोल्टिनीलाई पहिलो है पटक देख्दैमा मोहनी
सोल्टिनीलाई पहिलो है पटक देख्दैमा मोहनी
आहै, लाग्यो नि मोहनी
आहै, आहै, लाग्यो नि मोहनी
पहिलोमा चोटि भेट्दैमा उनीलाई, उनैको भइयो नि
पहिलोमा चोटि भेट्दैमा उनीलाई, उनैको भइयो नि
हे, यो दिल उनैको भयो नि
हे, यो दिल, यो दिल उनैको भयो नि
घरीघरी मतिर हेरी सुटुक्क ती आँखा जुधाउनु
घरीघरी मतिर हेरी सुटुक्क ती आँखा जुधाउनु
मुसुमुसु हाँसेर फेरि परेलीलाई सुस्तरी झुकाउनु
कहीँ मेरो चोखो, मीठो माया मनमा छिन् है साँची राखेकी?
कहीँ फेरि लजालुपनले मुसुक्क हाँसेकी?
कहीँ फेरि लजालुपनले मुसुक्क हाँसेकी?
आहै, लाग्यो नि दिलैमा
आहै, आहै, लाग्यो नि दिलैमा
के थाहा मायालाई कठै! मलाई यादले कति पिरोल्छ?
के थाहा मायालाई कठै! मलाई यादले कति पिरोल्छ?
झझल्कोले उनैको मलाई छिनछिनमै कति बिथोल्छ
सम्झनामा कहीँ यो जुनी यसरी नै बित्ने हो कि?
आफैलाई आफ्नो यो जीवन दुख्ने पो हो कि?
आफैलाई आफ्नो यो जीवन दुख्ने पो हो कि?
आहै, दुख्ने पो कि?
यो मन, यो मन दुख्ने पो कि?
सोल्टिनीलाई पहिलो है पटक देख्दैमा मोहनी
सोल्टिनीलाई पहिलो है पटक देख्दैमा मोहनी
आहै, लाग्यो नि मोहनी
आहै, आहै, लाग्यो नि मोहनी
आहै, लाग्यो नि मोहनी
आहै, आहै, लाग्यो नि मोहनी



Autor(en): Bijay Siwakoti



Attention! Feel free to leave feedback.