Prakash Shrestha - Timisanga Dungama Songtexte

Songtexte Timisanga Dungama - Prakash Shrestha




प्रकृतिको खानी, राजै, सधैँ हराभरा
हिमालको काखमा हाम्रो पोखरा
तिमीसँग डुङ्गामा घुम्दाघुम्दै फेवाताल
नसोध कस्तो भयो होला मेरो दिलको हाल
तिमीसँग डुङ्गामा घुम्दाघुम्दै फेवाताल
नसोध कस्तो भयो होला मेरो दिलको हाल
हो, मेरो दिलको हाल
हो, मेरो दिलको हाल
प्रकृतिको खानी, राजै, सधैँ हराभरा
हिमालको काखमा हाम्रो पोखरा
खुट्टाले खेलाउँदै पानी, तिम्रो काख सिरानी
खुट्टाले खेलाउँदै पानी, तिम्रो काख सिरानी
पछ्यौरीले घाम छेकी तिमी मुस्काएकी
पछ्यौरीले घाम छेकी तिमी मुस्काएकी
मेरी रानी, मेरी रानी
बादलमा आँखा छोप्छ माछापुच्छ्रे हिमाल
देखीकन भत्किएका सङ्कोचको पर्खाल
तिमीसँग डुङ्गामा घुम्दाघुम्दै फेवाताल
नसोध कस्तो भयो होला मेरो दिलको हाल
हो, मेरो दिलको हाल
हो, मेरो दिलको हाल
प्रकृतिको खानी, राजै, सधैँ हराभरा
हिमालको काखमा हाम्रो पोखरा
पहाडभरिको हरियो वन, मन्द चल्ने पवन, हो
पहाडभरिको हरियो वन, मन्द चल्ने पवन
मुहारमा दिव्यकान्ति मनभित्र रहिरह्यो
मुहारमा दिव्यकान्ति मनभित्र रहिरह्यो
ओहो, शान्ति, ओहो, शान्ति
फिक्का गुलाबी अधर, गाला रगतझैँ लाल
उस्तै मेरो हृदयगति डुङ्गाको चाल
तिमीसँग डुङ्गामा घुम्दाघुम्दै फेवाताल
नसोध कस्तो भयो होला मेरो दिलको हाल
हो, मेरो दिलको हाल
हो, मेरो दिलको हाल
प्रकृतिको खानी, राजै, सधैँ हराभरा
हिमालको काखमा हाम्रो पोखरा




Prakash Shrestha - Timi Sanga Dungama -4
Album Timi Sanga Dungama -4
Veröffentlichungsdatum
01-01-2000




Attention! Feel free to leave feedback.