Ananda Karki - Yee Hallaharu Hun Lyrics

Lyrics Yee Hallaharu Hun - Ananda Karki



यी हल्लाहरु हुन्
तिमीले सुनेका
कसैसँग मैले
मुटु साट्या छैन
नपत्याए हेर
चिरेर यो छाती
तिमीलाई कहिले
मैले ढाँट्या छैन
यो मनमा तिमी छौ
वचनमा तिमी छौ
तिमी स्वप्न बन्दै
सजेकी नयनमा
यो मनमा तिमी छौ
वचनमा तिमी छौ
तिमी स्वप्न बन्दै
सजेकी नयनमा
भेट्छु तिमी नै
यी फूलमा, बहारमा
यो निलो गगनमा
यो शितल पवनमा
यो विश्वास गरी देऊ
तिमीलाई नसम्झी
कुनै रात मैले
कतै काट्या छैन
यी हल्लाहरु हुन्
तिमीले सुनेका
कसैसँग मैले
मुटु साट्या छैन
फुल्छु हँसिलो
लिई ओठ तिम्रै
तिमी साथ हुन्नौ
मेरो अर्थ हुन्न
फुल्छु हँसिलो
लिई ओठ तिम्रै
तिमी साथ हुन्नौ
मेरो अर्थ हुन्न
भुल्छु मलाई
पनि जिन्दगीमा
तिमीलाई भुल्ने
सामर्थ्य हुन्न
यो विश्वास गरी देऊ
तिमीलाई नसम्झी
कुनै रात मैले
कतै काट्या छैन
यी हल्लाहरु हुन्
तिमीले सुनेका
कसैसँग मैले
मुटु साट्या छैन
हुँ हुँ हुँ
हुँ हुँ
ला ला ला
ला ला
ला ला ला



Writer(s): Deepak Jangam


Ananda Karki - Mero Phul
Album Mero Phul
date of release
01-01-1993




Attention! Feel free to leave feedback.