Lyrics

तिम्रो माया पाएँ भने अजम्मरी हुन्छु होला
तिम्रो माया पाएँ भने अजम्मरी हुन्छु होला
तिम्रो साथ पाएँ भने त, तिम्रो साथ पाएँ भने
उडी जून छुन्छु होला म, हो, छुन्छु होला
तिम्रो माया पाएँ भने अजम्मरी हुन्छु होला
आवेशमा वाचा-कसम अनेक थरी खाइन्छ रे
आवेशमा वाचा-कसम अनेक थरी खाइन्छ रे
निधारैमा लेखिएको कुरा मात्रै पाइन्छ रे
तिम्रो हुन पाएँ भने भाग्यमानी हुन्छु होला
तिम्रो हुन पाइन भने त, तिम्रो हुन पाइन भने
शायद मृत्यु चुन्छु होला म, हो, चुन्छु होला
तिम्रो माया पाएँ भने अजम्मरी हुन्छु होला
रथ जस्तो जीवन गुड्न जोडी पाङ्ग्रा चाहिन्छ रे
हो, रथ जस्तो जीवन गुड्न जोडी पाङ्ग्रा चाहिन्छ रे
दुवैको मन चोखो भए, चाहेको चिज पाइन्छ रे
तिमी मेरो भएनौ भने तारा जस्तै झर्छु होला
तिम्रो हुन पाइन भने त, तिम्रो हुन पाइन भने
रुँदै-रुँदै मर्छु होला म, हो, मर्छु होला
तिम्रो माया पाएँ भने अजम्मरी हुन्छु होला

Writer(s): Rajkumar Bagar

Attention! Feel free to leave feedback.
Loading
Loading