Anju Panta - Mann Laga Cha paroles de chanson

paroles de chanson Mann Laga Cha - Anju Panta



तिमीसँग मात्रै हुन मन लाग्छ
तिमीसँग मात्रै हुन मन लाग्छ
सपनामा कल्पनामा तिमीलाई सधैं छुन मन लाग्छ
यो जुनीमा संभव भएन
अर्को जुनीमा भेट हुन्छ जस्तो लाग्छ
तिमीसँग मात्रै हुन मन लाग्छ
तिमी हाँसी दिन्थियौ त, फूलको बरसात हुन्थ्यो
तिमी साथ थियौ त, नशालु रात हुन्थ्यो
मेरो जीवनको पलपल इन्द्रेणी रङ्गले रङ्गिन्थ्यो
तिम्रो धड्कन, तिम्रो आत्मामा, मेरो सास सासमा हुन्थ्यो
बितेका दिन सम्झेर रुन मन लाग्छ
तिमीसँग मात्रै हुन मन लाग्छ
शितल बतास भएर अब मलाई छोई हिँड्छ कसले?
रिमझिम झरी बनेर मलाई भिजाइ दिन्छ कसले?
मलाई न्यानो अंगालोमा बाँधी दिन्छ कसैले
मेरो सपना भरि आएर बोलाइ दिन्छ कसले?
रातदिन तिम्रो आवाज सुन्न मन लाग्छ
तिमीसँग मात्रै हुन मन लाग्छ




Anju Panta - Best of Anju Panta
Album Best of Anju Panta
date de sortie
20-06-2018




Attention! N'hésitez pas à laisser des commentaires.