Prasnasunya - Anyol (Reimagined) paroles de chanson

paroles de chanson Anyol (Reimagined) - Prasnasunya



चारैतिर अँध्यारो
प्रकाश खोज्दिन
बाध्यतामा हराएछु
आवश्यक्ता पोख्दिन
तर समय अनिश्चित
गाता नभएको किताब
शिर्षक खोज्दैछु
सोच भित्रको रोजाईहरुमा
जिज्ञासा पोख्दैछु
मेरो अहंकारलाई लक्षित
मलाई थाहा छैन
कि मलाई के थाहा छैन
एउटै आवाज मस्तिस्कमा
कि यहाँ छैन
मलाई हेर्ने दृष्टिकोण परिवर्तन भएछ
परिभाषाको परिधिमा बाधिएछु
मन विचार बिचको नियन्त्रणमा आज
नितान्त एक्लै आत्तिएछु
बाहिर उज्यालो पग्लिन्छु
भित्र अँध्यारो बरु मैलिन्छु
बद्लिने डर बिलाउने हैन
उदाहारण यहाँ धेरै
तर परिणामहरु छैन
मलाई थाहा छैन
कि मलाई के थाहा छैन
एउटै आवाज मस्तिस्कमा
कि यहाँ छैन
माया मोह
पाप पुण्य
उत्तरहरु धेरै
तर प्रश्न
शून्य



Writer(s): Asish Chamling


Prasnasunya - ?0 - EP
Album ?0 - EP
date de sortie
11-06-2024




Attention! N'hésitez pas à laisser des commentaires.