Udit Narayan, Sadhana Sargam - ‎Makhamali_Mayaa paroles de chanson

paroles de chanson ‎Makhamali_Mayaa - Udit Narayan , Sadhana Sargam



मखमली पछ्यौरी ले सानु
मुहार छोपेको
लाग्दछ बादल भित्र
जुनै हो कि लुकेको
जुन मलाई भन्छौ हजुर
उज्यालो तिमी मेरो
तिमी पनि बसेका छौ
हासी कलेजी को सेरोफेरो
(छाती भित्र मुटु मेरो
ढुकढुकिमा तिमि) 2
शंका तिमिलाइ लाग्छ भने
आउ हेर छामि
गाजलु यी आखा मेरा
आखा बिच नानी
यै नानिमा सल्बलाउदै
बस्छउ तिमी पनि
पारी बनको पखेरिमा सानु
कोइली ले बासेको
लाग्छ मलाई हजुरले नै हो कि
सानू भनि बोलाको
मखमली पछ्यौरी ले सानु
मुहार छोपेको
लाग्दछ बादल भित्र
जुनै हो कि लुकेको
(अप्सराले डाहा गर्छन
तिमिलाइ हेरि हेरि) 2
तिमी सितै भेट्न पाउ
अर्को जुनि फेरि
लाखौं जुनि काटे पनि
पुग्दैन तिमी सित
मन मिल्ने एउटा तिमि
मेरो मनको मीत
मखमली पछ्यौरी ले सानु
मुहार छोपेको
लाग्दछ बादल भित्र
जुनै हो कि लुकेको
जुन मलाई भन्छौ हजुर
उज्यालो तिमी मेरो
तिमी पनि बसेका छौ
हासी कलेजी को सेरोफेरो




Udit Narayan, Sadhana Sargam - Evergreen Nepali Duets Vol 1 (Nepali Film Songs)




Attention! N'hésitez pas à laisser des commentaires.