Текст песни




तिमी यसै लजायौ, उसै धकाएँ
बोल्यो तिमी नै, मैले बोलाएँ
कति स्वप्न आए परेलीमा बस्न
कति स्वप्न आए परेलीमा बस्न
सोध्यौ तिमीले मैले सुनाएँ
तिमी यसै लजायौ, उसै धकाएँ
बोल्यो तिमी नै, मैले बोलाएँ
बैँसालु पाखा भरि
बैँसालु पाखा भरि कोही चरे झैं
नजरको नशालु कुलेसो तरे झैं
हुरी चल्छ मनमा तिमी भित्र छ्यौ कि
हुरी चल्छ मनमा तिमी भित्र छ्यौ कि
मेेरो दिल हरायो तिमीले लियौ कि
तिमी यसै लजायौ, उसै धकाएँ
बोल्यो तिमी नै, मैले बोलाएँ
यो कस्तो हो माया
यो कस्तो हो माया मुटु बाँढिए झैं
हाँस्दा अधरमा तिमी बाटिए झैं
झरी पर्छ तनमा तिमीले छोयौ कि
झरी पर्छ तनमा तिमीले छोयौ कि
बग्दो नदीको तिमी बाँध हौ कि
तिमी यसै लजायौ, उसै धकाएँ
बोल्यो तिमी नै, मैले बोलाएँ
कति स्वप्न आए परेलीमा बस्न
कति स्वप्न आए परेलीमा बस्न
सोध्यौ तिमीले मैले सुनाएँ
तिमी यसै लजायौ, उसै धकाएँ
बोल्यो तिमी नै, मैले बोलाएँ
तिमी यसै लजायौ, उसै धकाएँ
तिमी यसै लजायौ, उसै धकाएँ
तिमी यसै लजायौ, उसै धकाएँ



Авторы: Rabin Limbu


Внимание! Не стесняйтесь оставлять отзывы.
Загрузка
Загрузка