Текст песни




हिमालको काखमा छ, सानो मेरो गाउँ
हिमालको काखमा छ, सानो मेरो गाउँ
पर्वतकी छोरी हुँ म, पार्वती हो नाउँ
पार्वती हो नाउँ
कालो-कालो
कालो-कालो बादलमा केश फ़िजाउछु
कलकल बग्दै यो, देश भिजाउँछु
प्रभातमा
प्रभातमा टल्किएको मोती जस्तो शित
प्रभातमा टल्किएको, मोती जस्तो शित
यो माटोमा रोपे कि हुँ, मैले चोखो प्रित
मैले चोखो प्रित
पार्वती हो नाउँ
यो देशमा
यो देशमा ल्याउछु नयाँ नयाँ रंग
रमाउदै गाउछु म, कोइलीको संग
मेरो हासो
मेरो हासो संगालेर फूल मग्मगाउछ
मेरो हासो संगालेर, फूल मग्मगाउछ
मेरो रुप शृङारेर जुन जगमगाउछ
जुन जगमगाउछ
पार्वती हो नाउँ
रात पनि
रात पनि निदाउछ, मेरो नयनमा
नयाँ दिन उदाउछ, मेरो बदनमा
बतासमा
बतासमा हराउँदै गएपनि तर
बतासमा हराउँदै गएपनि तर
स्वर्गजस्तो नेपाल हो, मेरो माईती घर
मेरो माईती घर
पार्वती हो नाउँ
हिमालको काखमा छ, सानो मेरो गाउँ
पर्वतकी छोरी हुँ म, पार्वती हो नाउँ
पार्वती हो नाउँ



Авторы: Kiran Kharel, Shiva Shankar



Внимание! Не стесняйтесь оставлять отзывы.
Загрузка
Загрузка