Sugam Pokharel - Badulki Songtexte

Songtexte Badulki - Sugam Pokharel




बाडुल्की लाउँछ धेरै, आजभोलि नि लै
ढुकढुकी धड्किर′न्छ, लौन बेसरी है
बाडुल्की लाउँछ धेरै, आजभोलि नि लै
ढुकढुकी धड्किर'न्छ, लौन बेसरी है
उड्यो मन आकाशैमा
झुल्यो झन् बतासैमा
उड्यो मन आकाशैमा
झुल्यो झन् बतासैमा
पोखराको फेवामा माछापुच्छ्रे टलक्कै
सानु, तिम्लाई देखेको हिजै हो झलक्कै
पोखराको फेवामा माछापुच्छ्रे टलक्कै
सानु, तिम्लाई देखेको हिजै हो झलक्कै
उड्यो मन आकाशैमा
झुल्यो झन् बतासैमा
कहिले यो डाँडा पारि
कहिले त्यो डाँडा पारि
कहिले भन्ज्याङ उक्लिन्छ
कहिले बेँसीमा झरी
कहिले खोला बनी, बग्छ नागबेली
कहिले बादल बनी, उड्छ हिमाल माथी, माथी, माथी
आ-ह, आहा-हा-हा
आ-ह, आहा-हा-हा
आ-ह, आहा-हा-हा
आ-ह, आहा-हा-हा
नपिएरै उकालीको पानी, हजूर
कहाँ होला? कता होला, जाने हजूर?
नपिएरै उकालीको पानी, हजूर
कहाँ होला? कता होला, जाने हजूर?
उड्यो मन आकाशैमा
झुल्यो झन् बतासैमा
बाडुल्की लाउँछ धेरै, आजभोलि नि लै (उड्यो मन आकाशैमा)
ढुकढुकी धड्किर′न्छ, लौन बेसरी है
बाडुल्की लाउँछ धेरै, आजभोलि नि लै (झुल्यो झन् बतासैमा)
ढुकढुकी धड्किर'न्छ, लौन बेसरी है



Autor(en): Ram Abiral Bista, Sugam Pokharel, Sushant Gautam



Attention! Feel free to leave feedback.