Aruna Lama - Udi Jau Bhane Ma Panchhi Lyrics

Lyrics Udi Jau Bhane Ma Panchhi - Aruna Lama




आहै, हो
उडि जाउँ भने पंक्षी होइन
बस्नु लै मन छैन
उडि जाउँ भने पंक्षी होइन
बस्नु लै मन छैन
खसमको मोहनी लागेर होकि
होस मेरो लै यहाँ छैन
फूलैफूल बिच पनि मन मेरो फूल्दैन
फूलैफूल बिच पनि मन मेरो फूल्दैन
लाखौं तारा के गर्नु मैले
त्यहाँ मेरो जून छैन
विरहको आगो निभाउन खोज्छु
आँशुले लै निभ्दैन
खोलाको पानी, सिन्दुरे तिर्खा
मेटाउन लै सक्दैन
पिरतीको सियो छैन
चित्त फाट्दा सिउँ भने
पिरतीको सियो छैन
चित्त फाट्दा सिउँ भने
चोट पनि मिठो लाग्छ
मायालुले दियो भने
टाढा खसम, यो गित मेरो
सुन्छ कि लै सुन्दैन
बन्दकि मुटु उकास्न फेरि
आउँछ कि लै आउँदैन
उडि जाउँ भने पंक्षी होइन
बस्नु लै (हम्म, हम्म, हम्म)



Writer(s): Min Bahadur Mukhiya, Santi Thatal


Attention! Feel free to leave feedback.