Om Bikram Bista - Aja Feri Lyrics

Lyrics Aja Feri - Om Bikram Bista




आज फेरि दिन बित्यो, रात काट्न सकिएन
आज फेरि दिन बित्यो, रात काट्न सकिएन
ओछ्यानमै पल्टिरहेँ, एक रती नीद परेन
आज फेरि दिन बित्यो, रात काट्न सकिएन
भेट्न गाको तिमीलाई तर खास कुरा गर्नै सकिन
केही भन्छु भन्दै थिएँ, कुराको प्रसङ्ग मिलेन
भावनाको कुरै बिर्सेँ, मनभित्र धैर्य भएन
हिजोअस्ति भेटेँ, बोलेँ, आज अझै चित्त बुझेन
आज फेरि दिन बित्यो, रात काट्न सकिएन
धेरै पहिले देखेथेँ तिमीलाई तर त्यस्तो केही थिएन
हेराहेरै मात्रै थियो, बोलचाल केही थिएन
पहिले जस्तै भए हुन्थ्यो तर अब मन मान्दैन
हिजोअस्ति भेटेँ, बोलेँ, आज अझै चित्त बुझेन
आज फेरि दिन बित्यो, रात काट्न सकिएन
आज फेरि दिन बित्यो, रात काट्न सकिएन
ओछ्यानमै पल्टिरहेँ, एक रती नीद परेन
आज फेरि दिन बित्यो, रात काट्न सकिएन
आज फेरि दिन बित्यो, रात काट्न सकिएन



Writer(s): Bhupendra Rayamajhi, Om Bikram Bista



Attention! Feel free to leave feedback.