Om Bikram Bista - Purano Ghau Lyrics

Lyrics Purano Ghau - Om Bikram Bista



पुरानो घाउ नचलाऊ अरू, जे बित्यो, भइसक्यो
सागरको लहर, मनको चाह समयमै गइसक्यो
आज कसरी मेरो सामु आइदियौ?
बिर्सिसकेको घाउलाई बल्झाइदियौ
सागरको लहर, मनको चाह समयमै गइसक्यो
अकस्मात् आज पहिरो गयो जिन्दगी थाकेर
परेको पीर बुझ्छौ कसरी यी आँखा छोपेर?
मनको बह फुकाऊँ कसरी? सन्ताप भइसक्यो
सागरको लहर, मनको चाह समयमै गइसक्यो
आज कसरी मेरो सामु आइदियौ?
बिर्सिसकेको घाउलाई बल्झाइदियौ
वेदना रह्यो सञ्चित सधैँ मूर्च्छना दिएर
त्यो खुसी उड्यो कता हो कता बिरानो भएर?
बोझिलो आँखा तृषित रह्यो, खडेरी भइसक्यो
सागरको लहर, मनको चाह समयमै गइसक्यो
आज कसरी मेरो सामु आइदियौ?
बिर्सिसकेको घाउलाई बल्झाइदियौ
सागरको लहर, मनको चाह समयमै गइसक्यो
पुरानो घाउ नचलाऊ अरू, जे बित्यो, भइसक्यो
सागरको लहर, मनको चाह समयमै गइसक्यो
समयमै गइसक्यो
समयमै गइसक्यो



Writer(s): Om Bikram Bista


Om Bikram Bista - Telkasa
Album Telkasa
date of release
29-10-1997



Attention! Feel free to leave feedback.