Prakash Shrestha - Prem Ko Mulya Nasodha Lyrics

Lyrics Prem Ko Mulya Nasodha - Prakash Shrestha



प्रेमको मूल्य मलाई नसोध त्यो तिमीले दिएको उपहार भएछ
आफ्नै आत्मालाई नढाँटी सोध
आफ्नै आत्मालाई नढाँटी सोध, यसको मूल्य के रहेछ?
यसको मूल्य के रहेछ?
शिशा रहेछु पत्थरसँग ठक्कर खाने
छाल बनेछु समुन्द्रको किनारालाई अंगाल्ने
शिशा रहेछु पत्थरसँग ठक्कर खाने
छाल बनेछु समुन्द्रको किनारालाई अंगाल्ने
हो हो, हो हो
हो हो, हो हो
आँशुको मूल्य मलाई नसोध त्यो तिमीले दिएको चिनो भएछ
आफ्नै आत्मालाई नढाँटी सोध
आफ्नै आत्मालाई नढाँटी सोध, यसको मूल्य के रहेछ?
यसको मूल्य के रहेछ?
अन्योलमा परिरहेछन् मेरा जीवनका लक्ष्यहरु
अध्याँरोतिर बढीरहेछन् मेरा जीवनका किरणहरु
अन्योलमा परिरहेछन् मेरा जीवनका लक्ष्यहरु
अध्याँरोतिर बढीरहेछन् मेरा जीवनका किरणहरु
हो हो, हो हो
हो हो, हो हो
चोटको मूल्य मलाई नसोध त्यो तिमीले दिएको दाग भएछ
आफ्नै आत्मालाई नढाँटी सोध
आफ्नै आत्मालाई नढाँटी सोध, यसको मूल्य के रहेछ?
यसको मूल्य के रहेछ?
यसको मूल्य के रहेछ?




Prakash Shrestha - Parkhi Basen
Album Parkhi Basen
date of release
01-01-2000




Attention! Feel free to leave feedback.