Lyrics




जाने यो समय रहने छैन सधैँ भरि
बिहानीले नयाँ सन्देश ल्याउछ हामी माझ उसै गरि
हातेमालो गर्दै गरौ सुनौलो बन्छ परिवेश
कहिले कहिँ हार नमान्ने नेपाल मेरो देश
कृतिम भन या प्राकृतिक विपत्तिमा
डगमगाउन्नौ कहिले पनि
पर्दा खेरि एक भएर अघि बढ्छौ जहिल्यै पनि
त्यसैले विपत्तिले हार मान्छ यहाँ
मेरो देश नेपाल जहाँ
मेरो देश नेपाल जहाँ
हुम्... हो...
जुन सँगै चम्किनेछ घाम सँग उदाउछ
फेरी पनि सुखको दिन हामी माझ मुस्कुराउछ
सुकेको मनमा हिउँदमै पनि उम्रिने छन् मूलहरु
एकै मालामा हाँस्न सक्छन हरेक नेपाली फूलहरु
त्यसैले बिपत्तिले हार मान्छ यहाँ
त्यसैले बिपत्तिले हार मान्छ यहाँ
मेरो देश नेपाल जहाँ
मेरो देश नेपाल जहाँ
मेरो देश नेपाल जहाँ
मेरो देश नेपाल जहाँ
रातदिन खट्छौ पर्दा कहिले बस्छौ थकाई मारी
हेर हेर जीतको ज्योति देखिदैछ क्षितिज पारि
रातदिन खट्छौ पर्दा कहिले बस्छौ थकाई मारी
हेर हेर जीतको ज्योति देखिदैछ क्षितिज पारि
आँशु बगे कसैको यहाँ पुछ्ने हात फैलाउनु
सँगै हिडोस सुखको मुहार फेरी पैलाउनु
सदा झैँ देशलाई हँसाउन सक्ने साहास अझै उस्तै
सुन्दर बस्ति फेरी बसाउन सक्ने तागत अझै उस्तै
त्यसैले बिपत्तिले हार मान्छ यहाँ
त्यसैले बिपत्तिले हार मान्छ यहाँ
मेरो देश नेपाल जहाँ
मेरो देश नेपाल जहाँ
मेरो देश नेपाल जहाँ
मेरो देश नेपाल जहाँ
धन भएका कुवेर पनि धन फुकाई दिएर आउछन
परिश्रमका धनिहरु पनि दम, मनले सघाउछन
कहिले हामी पर्दा खेरि एक ढिक्का भई नजुटेको
खोजि खोजि समेट्ने छौ कोहि भने कहिँ छुटेको
त्यसैले बिपत्तिले हार मान्छ यहाँ
त्यसैले बिपत्तिले हार मान्छ यहाँ
मेरो देश नेपाल जहाँ
मेरो देश नेपाल जहाँ
मेरो देश नेपाल जहाँ
मेरो देश नेपाल जहाँ



Writer(s): Ambika Sharma, Arjun Pokharel



Attention! Feel free to leave feedback.
Loading
Loading