Om Bikram Bista - Ful Tipda Pyari paroles de chanson

paroles de chanson Ful Tipda Pyari - Om Bikram Bista




फूल टिप्दा, प्यारी, अल्झिजाला सारी
सारीलाई जोगाउँदा मर्किजाला नारी
सम्हाल, सम्हाल लडके जोवन
नजाऊ, नजाऊ चमनचमन
फूल टिप्दा, प्यारी, अल्झिजाला सारी
सारीलाई जोगाउँदा मर्किजाला नारी
सुन, मेरी मालिनी, रूपकी ए, कामिनी
प्रीतको धुनमा नबिनिदेऊ नागिनी
नत्र कोही जादुगरले तिमीलाई फसाउला
सर्दा बीनले सुराहीमा तिमीलाई बसाउला
रसिला ती ओठहरूमा बाँसुरी बजाउला
फूल टिप्दा, प्यारी, अल्झिजाला सारी
सारीलाई जोगाउँदा मर्किजाला नारी
१६ वर्षको उमेर कलिलो
जोबन बचाउन नसम्झ सजिलो
रसिलो, हँसिलो भएर फकाउला
कोही चुलबुल, चुलबुल गर्दै धाउला
सिकारी भई उसले आफ्नो जालमा फसाउला
फूल टिप्दा, प्यारी, अल्झिजाला सारी
सारीलाई जोगाउँदा मर्किजाला नारी
सम्हाल, सम्हाल लडके जोवन
नजाऊ, नजाऊ चमनचमन
फूल टिप्दा, प्यारी, अल्झिजाला सारी
सारीलाई जोगाउँदा मर्किजाला नारी, मर्किजाला नारी



Writer(s): Sri Bikram Rana



Attention! N'hésitez pas à laisser des commentaires.