Aruna Lama - Kahile Kahi текст песни

Текст песни Kahile Kahi - Aruna Lama




कहिलेकाहीँ तिम्रो याद आउँछ मलाई
कहिलेकाहीँ तिम्रो याद आउँछ मलाई
सुस्केराको कथासँग सजाउँदा तिमीलाई
जिन्दगीको व्यथाभित्र पाउँछु आफूलाई
कहिलेकाहीँ तिम्रो याद आउँछ मलाई
मुटुभित्र मुस्काउँथ्यो ढुकढुकीको बोली
आज मलाई पीर पार्यो सम्झनाले पोली
मुटुभित्र मुस्काउँथ्यो ढुकढुकीको बोली
आज मलाई पीर पार्यो सम्झनाले पोली
आँखा भित्रभित्रै अतीत बर्सिरहन्थ्यो
तर माया तिम्रो वाचा सम्झिरहन्थेँ
कहिलेकाहीँ तिम्रो याद आउँछ मलाई
देउरालीलाई फूल चढाएँ, तिमीलाई मुटु
भन्ज्याङलाई सोधी हेरेँ, "कहाँसम्म खोजूँ?"
देउरालीलाई फूल चढाएँ, तिमीलाई मुटु
भन्ज्याङलाई सोधी हेरेँ, "कहाँसम्म खोजूँ?"
आँखा भित्रभित्रै अतीत बर्सिरहन्थ्यो
तर माया तिम्रो वाचा सम्झिरहन्थेँ
कहिलेकाहीँ तिम्रो याद आउँछ मलाई
सुस्केराको कथासँग सजाउँदा तिमीलाई
जिन्दगीको व्यथाभित्र पाउँछु आफूलाई
कहिलेकाहीँ तिम्रो याद आउँछ मलाई



Авторы: Deepak Jangam



Внимание! Не стесняйтесь оставлять отзывы.