Meera Rana - Mero Phoollai текст песни

Текст песни Mero Phoollai - Meera Rana

मेरो फूललाई वसन्त भयो
मेरो आँगनलाई साउन भयो
मेरो फूललाई वसन्त भयो, मेरो आँगनलाई साउन भयो
जीवनलाई गीत, जोबनलाई प्रीत, यो मनलाई मित भयो, तिम्रो आगमन
तिमी आयौ, धेरैधेरै अबेर गरी आयौ
जब आयौ, यो मन, यो तन,आँखा, भाका भरी आयौ
मनभरि तिमीलाई पाएर, मनभरि तिमीलाई पाएर
पहिलो किरणको धर्तीसरि भएँ
मेरो फूललाई वसन्त भयो, मेरो आँगनलाई साउन भयो
जीवनलाई गीत, जोबनलाई प्रीत, यो मनलाई मित भयो, तिम्रो आगमन
धेरैधेरै भनूँ अनि सुनाऊँ पनि भन्थेँ, अब के भनूँ?
मैले आफू सारालाई पनि बिर्सेँ
भरि हृदय छ, चुप ओठ, भरि हृदय छ, चुप ओठ
सायद यही हो मेरो जीवनको सुरु
मेरो फूललाई वसन्त भयो, मेरो आँगनलाई साउन भयो
जीवनलाई गीत, जोबनलाई प्रीत, यो मनलाई मित भयो, तिम्रो आगमन

Авторы: Gopal Yonjan

Внимание! Не стесняйтесь оставлять отзывы.