Текст песни




तिमी देउ या नदेउ, तिम्रो माया
मैले मन तिमीलाई बाँडिसकें
मलाई देउ या नदेउ, तिमी स्विकृति
मैले मनमा तिमीलाई राखिसकें
हुन यो नौलो चिनाजानी
संकोच लाज बिचको कुराकानी
तर लाग्छ मलाई...
तर लाग्छ मलाई...
तिमी देख्दा
मेरी बिगत जनमकी संगिनी
तिमी नौली बन या पराई
तिमीलाई हृदयले नै चिनिसकें
मलाई देउ या नदेउ, तिमी स्विकृति
मैले मनमा तिमीलाई राखिसकें
तिमी साथ रहँदा, मलाई लाग्छ
जीवनको मधुमासमा छु
जब हेर्छौ तिमी...
जब हेर्छौ तिमी...
मलाई लाग्छ
विश्वभरिकी सुन्दरी हुँ
तिमी ठाँन ठान, मलाई आफ्नो
मैले तिमीलाई अपनाइसकें
मलाई देउ या नदेउ, तिमी स्विकृति
मैले मनमा तिमीलाई राखिसकें
तिमी देउ या नदेउ, तिम्रो माया
मैले मन तिमीलाई बाँडिसकें



Авторы: Gopal Yonjan


Narayan Gopal feat. Meera Rana - Nashalu Maan
Альбом Nashalu Maan
дата релиза
01-01-2004



Внимание! Не стесняйтесь оставлять отзывы.
Загрузка
Загрузка