Om Bikram Bista - Nahasa Timi текст песни

Текст песни Nahasa Timi - Om Bikram Bista




नहाँस तिमी धेरैधेरै, नहाँस तिमी धेरैधेरै
मेरो आँसुले तिर्नेछ विश्वासघातको ऋण तिम्रो
मेरो श्रापले तिर्नेछ, मेरो श्रापले तिर्नेछ
नहाँस तिमी धेरैधेरै
उज्यालो प्रभात तिम्रो, अँध्यारो रात हुनेछ
तिम्रो मुटुले तिमीलाई काँडाले झैँ घोच्नेछ
तिम्रो वचनले तिमीलाई सधैँसधैँ पोल्नेछ
नहाँस तिमी धेरैधेरै
तिम्रो सपना मेरो सम्झनाले चोर्नेछ
वसन्त आएको सिउँदोमा तिम्रो, खडेरी पर्नेछ
तिम्रो वचनले तिमीलाई सधैँसधैँ पोल्नेछ
नहाँस तिमी धेरैधेरै, नहाँस तिमी धेरैधेरै
मेरो आँसुले तिर्नेछ विश्वासघातको ऋण तिम्रो
मेरो श्रापले तिर्नेछ, मेरो श्रापले तिर्नेछ
नहाँस तिमी धेरैधेरै, नहाँस तिमी धेरैधेरै
नहाँस तिमी...



Авторы: Om Bikram Bista



Внимание! Не стесняйтесь оставлять отзывы.