Syphon feat. Rigo Luna - Love Don't Live Here No More (feat. Rigo Luna) текст песни

Текст песни Love Don't Live Here No More (feat. Rigo Luna) - Syphon feat. Rigo Luna




अलि फरक है, यो मेरो मनको ब्यथा
बुझ्दिने कोहि छैन, यो कसलाई के थाहा?
सात वर्षको उमेरमा नै शहर झरेथें
जीवनमा उन्नतिको ठुलो आश गरेथें
सानै देखि सोझो थिएँ, राम्रो थ्यो बानि व्यहोरा
लाग्थ्यो संसार जितिदिन्छु, संघर्ष के हो र?
उन्नतिको बाटो तर्फ लम्किरहेंथें
ध्रुव तारा जस्तो बनी चम्किरहेथें
सबैले भन्थे एकदिन ठुलो मान्छे बन्नेछस
यो जिन्दगीमा तँ केहि गरि देखाउने छस्!
कुनै दिन आकाशलाई छुने आशमा
बाँची रहेथें त्यै विश्वाशको माझमा
बिस्तारै दिन हरु ढल्दै गए
पनि समयसंगै बदलिँदै गएँ
सँधै उस्तै रहिन, मा जवानी छायो
अनि मेरो जीवनमा हुरी बतास आयो
पढाई पनि मेरो आज बिग्रँदै गयो
मेरो सपना सपनामै बिलिन भयो
संधै first हुन्थें exam मा अहिले हुन्छु just pass
घर परिवारले पनि मेरो मारी सके आश
खै, के भयो मलाई? आफै सोध्छु
यो अन्धकारलाइ पन्छाउन खोज्छु
के कुसंगतमा लागेर हो?
या मेरो मनको त्यो ईश भागेर हो?
कुनै काममा आज छैन सफल
कुनै पनि समस्यालाई गर्न सक्दिन हल
जति प्रयास गर्छु, हुन्छु विफल
शत्रु हरु थपिदै छन्, सबै संग हुन्छ कल
हे भगवान! सब ठिक होस् भनि गर्छु प्रार्थना
तर कसैले सुन्दिन्न मेरो क्षमा याचना
जुन काम थालनी गर्छु केहि आइहल्छ बाधा
अनि त्यसको हल गर्नमै जान्छ समय ज्यादा
तर पनि कहिल्यै सफल हुन सक्दिनँ
दिमाग बरालिन्छ सम्हाल्न सक्दिनँ
घरमा बिहानै देखि गर्न थाल्छन गालि
तर चुप लागि बस्छु कान कपास हाली
कसै संग केहि पनि बोल्न डराउँछु
एकान्तमा बसि कता कता हराउँछु
स्कुल गयो शिक्षकहरुले पनि त्यस्तै व्यवहार गर्छन्
पहिले मिल्ने साथि हरुले अहिले आँखा तरी हेर्छन्।
सबै संग मेरो सम्बन्ध छुटिँदै
मेरो जीवनको अस्तित्व आज लुटिँदै
पढाइमा कति रुचि थियो, आज किताब छुदिनँ
मेरो जीवन को लक्ष्य के हो, मैले आज बुझिनँ
को यो पापी संसारमा आफ्नो कोहि छैन
तर अब चुप लागि बस्ने वाला हैन
आज सम्म मैले कसैको साथ नपाए नि
दुख-पीर, बाधा-अड्चन आउँदा हात नपाए नि
संघर्षको बाटो नै अब रोज्ने छु
जो आउँछन मलाई छेक्न, सबैलाई गोज्नेछु
आँफैलाई सम्हाली सफलता लाइ खोज्ने छु
संघर्षको बाटो नै अब रोज्ने छु
कुसंगत्लाई त्यागी यो जीवन सुधार्नु
भित्र को यो कलङ्क को घरलाई उधार्नु
परिश्रम, लगनशीलतालाई शिरमा चढाई
केहि गरि देखाउछु यी पाइला अगाडी बढाई
अब मेरो जीवनमा बाढी पहिरो आउने छैन
अहंकार, अल्छीपनले मलाई मित लाउने छैन
मैले देखेको त्यो सपना अब पुरा हुने
हावा हैन मेरो बोलि अब छुरा हुने
बुबा आमा को इज्जतमा अब दाग लाग्ने छैन
अब बाट त्यो इश्वर भाग्ने छैन
काम गर्ने छु, तर फलको आश गर्ने छैन
सबै सोच विचार गर्ने छु, हताश गर्ने छैन!!




Внимание! Не стесняйтесь оставлять отзывы.