Aastha - Aatma Songtexte

Songtexte Aatma - Aastha




तिम्रो ममता अनि
न्यानो काखको माया पाउने
मेरो चाहना, तिम्रो साथमा रहने मेरो
मेरो कल्पना अनि
तिम्रो सम्झनाले मलाई
सधैँ न्यानो ताप दिईनै रहन्छ
सधैँ जिउदो बनाइदिन्छ
याद गर्न किन गाह्रो भइदिएको होला?
फेरि मेरो मन किन
रोइ रोइ रोइ दिन्छ
आत्मा मा तिम्रो बास
मुटुमा तिम्रै धड्कन
सायद पिर लियौ कि कतै
ढुक ढुकाउँछ मुटु झन झन
नशामा तिम्रो माया
आँखामा तिम्रै तस्बिर
सायद सम्झि रोयौ कि कतै
बगि दिन्छ आँशु झन झन
सायद मेरो
प्रतिक्षा नै लामो भयो कि कि कसो
त्यसैले होला
मेरो पर्खाइमा पनि यस्तो पिडा
भइदिएको म,
मेरो
दिनको सपनीमा
रातको अनिदोमा
अल्झि बसेको छु
तिमी आउने दिन गन्दै
पर्खि बसेको छु
याद गर्न किन गाह्रो भइदिएको होला?
फेरि मेरो मन किन
रोइ रोइ रोइ दिन्छ
आत्मा मा तिम्रो बास
मुटुमा तिम्रै धड्कन
सायद पिर लियौ कि कतै
ढुक ढुकाउँछ मुटु झन झन
नशामा तिम्रो माया
आँखामा तिम्रै तस्बिर
सायद सम्झि रोयौ कि कतै
बगि दिन्छ आँशु झन झन
तिमी बिना मेरो यो जिवन
किन हो अधुरो लाग्छ
तिमी कहाँ आउन खोज्छु
तर गाह्रो
सायद तिमीलाई नि गाह्रो भो होला
त्यसैले मेरो मन यहाँ
रोइ रोइ दिन्छ
आत्मा मा तिम्रो बास
मुटुमा तिम्रै धड्कन
सायद पिर लियौ कि कतै
ढुक ढुकाउँछ मुटु झन झन
नशामा तिम्रो माया
आँखामा तिम्रै तस्बिर
सायद सम्झि रोयौ कि कतै
बगि दिन्छ आँशु झन झन
ढुक ढुकाउँछ मुटु झन झन
बगि दिन्छ आँशु झन झन



Autor(en): Naren Limbu



Attention! Feel free to leave feedback.