Anju Panta - Dharti Dhakera Lyrics

Lyrics Dharti Dhakera - Anju Panta



धर्ती ढाकेर, आकाश ताकेर फैलियो हाम्रो माया
हिमाल नाघेर, बादल छोएर चुलियो हाम्रो माया
ए, धर्ती ढाकेर, आकाश ताकेर फैलियो हाम्रो माया
हिमाल नाघेर, बादल छोएर चुलियो हाम्रो माया
हेर, हेर, हेर, हेर, हेर हाम्रो माया
फूलफूलमा, पात पातमा
हेर, हेर, हेर, हेर, हेर हाम्रो माया
हर ढुकढुकीको साथमा
धर्ती ढाकेर, आकाश ताकेर फैलियो हाम्रो माया
हिमाल नाघेर, बादल छोएर चुलियो हाम्रो माया, हो
तिमी आयौ पुर्णिमाको जुन बनेर
जिन्दगीमा मिठो-मिठो धुन बनेर
साथ माग्यौ, हात माग्यौ संगै जिउनलाई
जीवनमा सुखदुःख बाँडी पिउनलाई
तिमी आयौ पुर्णिमाको जुन बनेर
जिन्दगीमा मिठो-मिठो धुन बनेर
साथ माग्यौ, हात माग्यौ संगै जिउनलाई
जीवनमा सुखदुःख बाँडी पिउनलाई
हेर, हेर, हेर, हेर, हेर अनौठो भो
फ़ुलफ़ुल ढुंगे बगरमा
हेर, हेर, हेर, हेर, हेर छल्क्यो माया
तिम्रा ति दुई नजरमा
धर्ती ढाकेर, आकाश ताकेर फैलियो हाम्रो माया
हिमाल नाघेर, बादल छोएर चुलियो हाम्रो माया, हो
मेरो भन्नु सबै तिम्रो छैन सिमाना
सुम्पिदिए तिमीलाई सिंगो जीवन
लामो यात्रा हिंड्नलाई साथ चाहियो
जुनी-जुनी समाउने हात पाइयो
हो, मेरो भन्नु सबै तिम्रो छैन सिमाना
सुम्पिदिए तिमीलाई सिंगो जीवन
लामो यात्रा हिंड्नलाई साथ चाहियो
जुनी जुनी समाउने हात पाइयो
हेर, हेर, हेर, हेर, हेर कति प्यारो
कति प्यारो-प्यारो सपना
हेर, हेर, हेर, हेर, हेर झनै प्यारो
प्यारो-प्यारो हुन्छ बिपना
हो, धर्ती ढाकेर, आकाश ताकेर फैलियो हाम्रो माया
हिमाल नाघेर, बादल छोएर चुलियो हाम्रो माया
हेर, हेर, हेर, हेर, हेर हाम्रो माया
फूलफूलमा, पात पातमा
हेर, हेर, हेर, हेर, हेर हाम्रो माया
हर ढुकढुकीको साथमा




Anju Panta - Best of Anju Panta
Album Best of Anju Panta
date of release
20-06-2018




Attention! Feel free to leave feedback.