Neetesh Jung Kunwar - Pari - Love Story Part 1 Lyrics

Lyrics Pari - Love Story Part 1 - Neetesh Jung Kunwar




तिम्रो सुन्दरताको बयान
दैवले नि गर्न सकेन
तर कोशिश नगर्या हैन उसले
मात्र सोँचमा शब्द भर्न सकेन
कुन्नि कहाँबाट आयौ
यहाँको पक्कैनि हैनौउ
लौन मैले ठम्याउनै सकिन
त्यो कालो कालो नयन
अनि सुनकेसरी केश
देखेको के थिँए
होशमै आउन सकिन
तिमी परी हैनौ
भन्ने होला यहाँ कैँयौँ
तर मेरोलागि तिमी
कुनै अप्सरा भन्दा केहि नि कमि छैनौ
तिमी केहि नि कमि छैनौ
होलान् कति चाहानेहरु तिमीलाइ
त्यो कुराले मलाई केहि फरक पर्दैन
तर नजिक कोहि आइ तिमीसँग बोल्दा
भित्रबाट मलाई राम्रो लाग्दैन
सायद माया होकि यो
अथवा जलन होकि मेरो
लौन कोहि आइ मलाई बुझाइदेउन
अरुसँग तिम्रो कुरा
मलाई गर्न मन छैन
मेरो माता तिमीनै भनिदउेन
तिमी परी हैनौ
भन्ने होला यहाँ कैँयौँ
तर कुरे मैले महिनौ
किनकि अप्सरा भन्दा केहि नि कमि छैनौ
तिमी केहि नि कमि छैनौ
तिमी परी हैनौ
भन्ने होला यहाँ कैँयौँ
तर मेरोलागि तिमी
कुनै अप्सरा भन्दा केहि नि कमि छैनौ
केहि नि कमि छैनौ
तिमी केहि नि कमि छैनौ





Attention! Feel free to leave feedback.