Neetesh Jung Kunwar - Flirty Maya Lyrics

Lyrics Flirty Maya - Neetesh Jung Kunwar




तिम्रो रङ्गिन त्यो भित्तामा
मेरो black and white photo तिमी टाँसन
मेरो कोहिनि नहास्ने चुट्किलामा तिमी मुर्छा परी हाँसन
गाउँन आउदैन मलाई तै नि तिमी छमछमी नाँचन
त्यती पातली छैनउ हाल्का बोसो लाग्या कम्मर भएनि भाँचन
परे पछि तिम्रो
तिमी पनि हल्का यता तिर हेरीदेउन
हे, रेला गर्या होइन मैले तिम्रो सबै कुरा मानदिउँला
तिम्रो भुपु मायालुले दुःख दिए त्यसलाई घरमै गई हानिदिउँला
खान्छु मात्र भन तिमी होटलमा लगि जे नि खान दिउँला
डोरी भाको blouse लगाउ अनि पछिपछि आई डोरी तान् दिउँला
परे पछि तिम्रो
तिमी पनि हल्का यता तिर हेरीदेउन
सधै नै पछि तिम्रो
तिमी पनि हल्का यता तिर हेरीदेउन
हे, ला ला
ला-ला, ला-ला-ला-ला
हा, हा, हा, हा, हा
ला-ला, ला-ला-ला
आफ्नै बाउको छोरो हुँ म, हड्डी तोड्न आउछ दिल तोड्दिन
आउला बाधा अर्चन जीन्दगीमा तर कहिले मुख भने मोडदिन
होलान तिमीसंग आफ्नै अतितका कुरा कहिले सोधदिन
मेरो पनि मिलन बिछोडका कथा हामीसंग कहिले जोड दिन
परे पछि तिम्रो
तिमी पनि हल्का यता तिर हेरीदेउन
सधै नै पछि तिम्रो
तिमी पनि हल्का यता तिर हेरीदेउन
परे पछि तिम्रो
अब हल्का यता तिर हेरीदेउन




Attention! Feel free to leave feedback.